बुधबार, भाद्र ३ गते २०८३
images

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढ्यो


  • 1.9K
    SHARES
  • फाल्गुण १९, २०७९ शुक्रबार

    फाल्गुन १९, काठमाडौँ - आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाएको छ। किसानले अब ६५ रुपैयाँ ५० पैसा प्रती लिटरका दरले दुधको मुल्य पाउने निर्णय भएको एक मन्त्रीले बताए।

    किसानहरुले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गर्दै आएकामा उनिहरुको हितलाई मध्यनजर गर्दै दूधको न्यूनतम मूल्य सरकारले मुल्य निर्धारण गरेको हो। अब यसको भार सिधै उपभोक्तामा पर्नेछ भने उपभोक्ताले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ सिधा बढ्नेछ। सरकारी स्वामित्वमा रहेको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अब सोको मूल्य ९६ रुपैयाँ पर्नेछ। दूधको मूल्य सँगै दुधजन्य सबै वस्तुहरुको मूल्य पनि बढ्न जानेछ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार