शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आईजी) मा वसन्तबहादुर कुँवरलाई बढुवा गरेको छ। लाइनमा रहेका एआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवरले आईजीपी (प्रहरी महानिरिक्षक) मा भाग्यले बाजी मार्नुभएको हो।
नव नियुक्त आइजिपी बसन्तबहादुर कुँवरका लागि आइजिपीको यात्रा भाग्यले जुराएको प्रहरी स्रोतहरु नै बताउँछन। २०७५ फागुन ६ गते भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवामा कुँवर १३ नम्बरमा हुनुहुन्थ्यो। त्यसअघि भने वहाँ अघिल्लो वरीयतामा मै हुनुहुन्थ्यो। एसएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा सन्दीप भण्डारी हाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) मै हुनुहुन्छ।
दोस्रो वरीयतामा रहनुभएका टेकप्रसाद राई अहिले एआइजीमा दोस्रो वरीयतामा रह्नुभएको छ। एसएसपी बढुवाको वरीयतामा पछाडि रहनु भएका कुँवर गत असार ८ गते भएको डिआइजी बढुवा सिफारिसमा भने पहिलो नम्बरमा आउनु भएको थियो।
वहाँलाई पहिलो नम्बरमा डिआइजीमा बढुवा हुने विश्वास कसैलाई पनि नभएको निकटहरू नै बताउँछन्। असार ८ गते कुँवरसहित १७ जना एसएसपीहरु डिआइजीमा बढुवा भएका हुनुभएको थियो।
को हुन प्रहरी महानिरिक्षक?
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा २०२६ साल चैत १५ गते जन्मिनुभएका हो। २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरिको सेवा प्रवेश गर्नुभएको थियो। वहाँले निष्ठा, साहस ईमान्दारिता, उच्च चरित्रको छवि बनाउनु भएको वहाँका निकटका ब्याक्तीहरु बताउँछन्। नेपाल प्रहरीमा सेवा शुरु गरेको लगभग १२ वर्षपछि २०६३ भदौ ८ गते वहाँ प्रहरी नायब उपरीक्षकमा र २०७१ फागुन १० मा प्रहरी उपरीक्षकमा बढुवा हुनुभएको थियो। स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका नवनियुक्त्त प्रहरी महानिरिक्षक कुँवर दर्जनौं पुरस्कार र पदकले विभूषित हुनुभएको छ।
वहाँले गुल्मी, मोरङ, दाङ, रोल्पा, सिन्धुली, नवलपरासी, डोटी, गोरखा, धादिङ, चितवन मनाङ, नुवाकोट काठमाडौं, र सुनसरी जिल्लामा काम गर्नु भएको थियो। एसएसपीमा रहदा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी युक्ति तालिम महाविद्यालयमा काम गरेको अनुभव हासिल गर्नुभएको छ।
डिआइजीको जिम्मेवारी पाएपछी प्रहरी प्रधान कार्यालयको कार्य विभागमा काम गर्नुभएका र केही समय मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो। संयुक्त राष्ट्रसंघीय मिसनमा पनि वहाँले कार्य गरेको अनुभव रहेको छ।
प्रहरी महानिरिक्षक कुँवरको कार्यकाल ३० वर्षे सेवावधि कायम रहेमा २०८१ साल चैत ४ गते सम्मको मात्र हुनेछ। ३० वर्षे सेवावधि सरकारले परिवर्तन गरेमा कार्यकाल पदावधिका कारण तय हुनेछ। ३० वर्षे सेवावधि सरकारले संसोधन गरी आइजीपीको पदावधि ३ वर्ष कायम गरे भाग्यले प्रहरी महानिरिक्षक बन्नुभएका कुवर भाग्यले साथ दिए २०८२ चैत १० गतेसम्म सेवामा रहनुहुनेछ।