बुधबार, भाद्र ३ गते २०८३
images

मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा छ: उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ


  • 1.4K
    SHARES
  • चैत्र ११, २०७९ शनिबार

    चैत्र ११, ललितपुर, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष तथा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो दावी गर्नुभएको हो।

    उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको जनाउदै उक्त समस्या समाधानका लागि सरकारले सम्बन्धित सबै पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने बताउनु भयो। वहाँले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहने आश्वासन पनि दिनुभयो।

    वहाँको भनाई थियो "मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । गम्भीर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं । यो कुरामा सरकार गम्भिर भएको जानकारी गराउँदै र तपाईहरुसँग नियमित छलफल र अन्तरक्रियामा रहने बचन दिन्छु"।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार