शनिबार, श्रावण ३० गते २०८३
images

भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आयो


  • 2.2K
    SHARES
  • बैशाख ३, २०८० आइतबार

    बैशाख ३, काठमाडौं - इन्डियन आयल कर्पोरेसन (आइओसी) ले डिजेल र पेट्रोलको मुल्य बढाएर पठाएको छ। आइओसी ले पठाएको पेट्रोल र डिजेलको नयाँ सूचीमा पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजल लिटरमा एक रुपैयाँ पचास पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

    ओपेक लगायत अन्तर्राष्ट्रिय बजारका तेल उत्पादकहरुले उत्पादकमा कटौती गर्ने निर्णय गरे पश्चात कच्चा तेलको मूल्य वृद्धि भएको हो। आइओसीले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजलको मूल्य बढेर आएको हो।

    गत महिना प्रधानमन्त्रीको ठाडो निर्देशनमा नेपाल आयम निगमले डिजल र मट्टितेलमा मात्र प्रति लिटरमा १० रुपैयाँका दरले मूल्य घटाएको थियो भने पेट्रोलमा ३ रुपैयाँ घटाएको थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार