साउन ७, काठमाण्डौं - नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०८०/०८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गर्दै छ। आज बस्ने संचालक समितिको बैठकले तयार मौद्रिक नीति पारित गरिसकेपछि गभर्नर महाप्रसाद अदिकारीले आजै सार्वजनिक गर्नुहुने जनाईएको छ।
राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान गराउन अघिल्लो मौद्रिक नितिमा केही केही लचकता गरेतापनी निजि क्षेत्रमा जाने कर्जाको उच्च दरमा विस्तार गर्ने पक्षमा देखिदैन किनभने गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तार भन्दा पनि कर्जा असुलीमा जोड दिदै आइरहनुभएको छ।
गभर्नर महाप्रसाद अधिकारीसँग गत शुक्रबार अन्तरास्ट्रिय मुद्राकोषको मिसनले भेटघाट गरेको थियो।