आइतबार, श्रावण ३१ गते २०८३
images

राष्ट्र बैंकद्वारा २०८०/०८१ को मौद्रिक नीति जारी


  • 2.1K
    SHARES
  • श्रावण ७, २०८० आइतबार

    साउन ७, काठमाण्डौं - नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक बर्ष ०८०/०८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। देशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिदै लचिलो मौद्रिक नीति ल्याएको राष्ट्र बैंकले जनाउ गरेको छ।

    बित्तीय स्रोत तथा साधनलाई उत्पादनशिल क्षेत्रमा प्रवाह गराउदै आन्तरिक उत्पादन क्षेत्रमा क्षमता अभिबृद्धी गर्नेतर्फ मौद्रिक नितिको प्राथमिकतामा रहेको छ। साथै ठुला कर्जाहरुको अनुगमन र नियमन प्रभावकारी बनाउदै कर्जाको अधिकेन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिने नीति तर्जुमा गरिएको छ।

    मौद्रिक नितिले नितिगत दर घटाएर ६ प्रतिशत कायम गरेको छ जुन पहिले ७ प्रतिशत थियो। जस्ले गर्दा गर्दा बैंकहरुले राष्ट्र बैंकबाट लिने अल्पकालीन सापटिको लागतमा कमि आउने हुन्छ।

    जारी मौद्रिक नितिमा सेयर धितो कर्जाको १२ करोडको सिमा हताउने अनुमान थियो तर त्यसबारे राष्ट्र बैंक मौन रहेको छ। घरजग्गा, सेयर तथा हायर पर्चेज कर्जाको जोखिमभारमा भने पुनरावलोकन गरिने जनाईएको छ।

    २०८१ को असार मसान्तसम्म एकीकृत कारोवार संचालन गर्दा विद्यमान सुबिधाहरु उपलब्ध हुनेगरी लघुबित्त तथा वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने पनि उल्लेख छ।

    भारत बाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी सुबिधा बापत बर्षमा दुई पटकसम्म १५०० डलर उपलब्ध गराउदै आएकोमा अब २५०० डलर सम्म उपलब्ध गराउने ब्यवस्था गरेको छ। यो मौद्रिक नीति पश्चात बैंक तथा वित्तीय संस्थाहरुवाट निजि क्षेत्र तर्फ जाने कर्जा ११.५ प्रतिशत वृद्धि हुने अनुमान पनि गरेको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार