नेपालगन्ज -सुर्खेत सडकखण्ड अन्तर्गत भेरी गङ्गा नगरपालिकाको सत्तरिवाट विरेन्द्रनगर आउदैगरेको कर्णाली प्रदेश ०१-०२६ च ९२१३ नम्बरको सवारी गएराती करिव २ बजे झुप्रा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा दैलेखका दिपेन्द्रजङ शाही, नवीन शाही, राजेन्द्र बिसि र ठेगाना नखुलेका सागर शाहीको मृत्यु भएको छ भने दैलेखका विरेन्द्रराज शाही घाइते भयेका छन । उनको कणाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ । उक्त सवारी साधन सडक बाट करिव ७० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।