काठमाडौं - तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा आज सोमबार नेपालले क्यानाडालाई ९ विकेटले हराएको छ । अनिल कुमार शाह र भीम सार्कीको जोडीले साझेदारी गर्दै दुबैले कीर्तिमानी शतक पूरा गरेका छन। नेपालको कुनैपनी एकदिवसीय क्रिकेटमा एउटै खेलमा दुई ब्याट्सम्यानले शतक बनाएको यो पहिलो रेकर्ड हो ।
त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रन मै गुमाएको थियो। भिम र अनिलको कीर्तिमानी १८९ रनको साझेदारीले नेपाललाई ९ विकेटको शानदार जीत दिलाएको हो। यश अघि नेपाल पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले बिजयी भएको थियो ।