काठमाण्डौं - मन्त्री परिषदका सबैको सम्पती विवरण सर्वजनिक भएको छ जसमा उप प्रधान र भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बुझाउनु भएको सम्पत्ति विवरण अनुसार वहाँ सबै भन्दा धनी मन्त्री हुनुभएको छ।
विवरण अनुसार अधिकांश सम्पत्ति वहाकी श्रीमती जुली कुमारी महतोको नाममा रहेको देखिन्छ। जस अनुसार जनकपुरमा ४२०० बर्गमिटरमा घर, ललितपुरको दुई ठाउँमा ४ रोपनी ४ आना जग्गा, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा जग्गा र महासेठको नाममा धनुषामा १ बिघा जग्गा रहेको छ।
सुन ४३ तोला, १५० केजी चाँदी, २ करोड २५ लाख रुपैयाँ नगद रहेको जनाईएको छ। पत्नी जुली महतोको नाममा गुडविल फाईनेन्समा ५ लाख, महिला लघुबित्तमा १ करोड र कर्पोरेट बैंक बिरगंजमा २ करोड ५० लाखको शेयर रहेको छ धनुषाको अन्य नगरपालिकामा समेत जग्गा रहेको देखाईएको छ। 
त्यस्तै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रीपरिषदका सबै भन्दा कम सम्पत्ति रहेको छ अर्थात वहाँ मन्त्री परिषदका सबै भन्दा गरिव मन्त्री देखिनु भएको छ। वहाँले नगदमा आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको देखाउनु भएको छ।
वहाँसँग माओबादी अध्यक्ष प्रचण्डले दिनु भएको ब १० च ५७९८ नम्बरको एउटा जीप रहेको छ। गोरखाको सिरानचोक गाउँपालिकामा ३ कित्तामा ३९ रोपनी जग्गा रहेको र त्यो जग्गा पनि पार्टीलाई दिई सकेको घोषणा गरिसक्नु भएको छ।