सोमबार, भाद्र १ गते २०८३
images

राष्ट्रपति घोषणा गर्ने भेनेजुएलाका नेतालाई देश छाड्न प्रतिबन्ध,बैंक खाता रोक्का

  • 2.8K
    SHARES
  • माघ १६, २०७५ बुधबार

    काठमाडौं । भेनेजुएलाका विपक्षी नेता जन गुइडोलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ । त्यहाँको सर्वोच्च अदालतले गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै उनको बैंक खातासमेत रोक्का गरिदिएको छ ।

    गुइडोले गत बुधबार एक विरोध प्रदर्शनका क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । गुइडोले सडकबाटै गरेको घोषणालाई अमेरिकाले समर्थन जनाएको थियो ।
    गुइडोको घोषणाले भेनेजुएलामा तनाव बढिरहेका बेला त्यहाँको सर्वोच्च अदालतले गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाएको हो । बीबीसीका अनुसार, उनको बैंक खातासमेत रोक्का गर्ने अदालतले दिएको छ ।

    अदालतको पछिल्लो आदेशले भेनेजुएलाको तनाव थप बढ्ने अनुमान गरिएको छ । त्यहाँको विपक्षी दलले पछिल्लो निर्वाचनको परिणाम सार्वजनिक भएदेखि नै त्यसप्रति असहमति जनाउँदै प्रदर्शन गर्दै आइरहेको छ ।

    विपक्षी दल र तिनका नेतालाई अमेरिकाले खुलेआम समर्थन गर्दै आइरहेको छ भने रसिया, चीनलगायत देशको सहानुभूति राष्ट्रपति निकोलस मदुरोलाई छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार