आइतबार, श्रावण ३१ गते २०८३
images

नुवाकोटमा स्थानीयले बुझाएको घोरल डिभिजन बन कार्यलयले काटेर खाएको आरोप ( फोटोफिचर )

  • 23.2K
    SHARES
  • बैशाख २६, २०७७ शुक्रबार

    नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा स्थानीयहरुले बुधबार विहान समातेर डिभिजन बन कार्यालयलाई जिम्मा लगाएको घोरल एकाएक हराएको खवर आएपछि स्थानीयहरु आक्रोशित भएका  छन ।

    पञ्चकन्या गाउँपालिका वडा नं. ५ त्रिवेणीधाम नजिकै खोलाले बगाउँदै ल्याएको घाइते घोरल स्थानीयबासिन्दाले उद्धार गरि डिभिजन बन कार्यालय नुवाकोटलाई बुधबार नै जिम्मा लगाइएको थियो । तर गएराती नै खोर फुटाएर घोरल भागेको डिभिजन बन कार्यालय नुवाकोटका रेन्जर लोकनाथ न्यौपानेले जानकारी गराएपछि स्थानीयहरुले चर्को विरोध गरेका छन् ।

    बन कार्यालयका अनुसार राती फालमे खोरको डण्डी भाँचेर घोरल भागेको छ । बन कार्यालयको नजिकै रहेको बनदेबी जंगलमा घोरल गएको अनुमान गरिएको छ ।

    तर घोरल समातेर बन कार्यालयको जिम्मा लगाउने स्थानीयहरुले भने बनकै कर्मचारीले मारेर खाएको आरोप लगाएका  छन । फलामको खोरमा थुनेर राखेको घाइते घोरल भाग्ने सम्भावना नरहेकाले यो विषयमा  गम्भीर रुपमा छानबिनको माग सहित जनप्रतिनिधि र प्रहरीलाई घोरलको विषयमा सत्यतथ्य खोजी गर्न आग्रह गरेका छन ।

    बन कार्यालयको नियन्त्रणमा रहेको घोरल कसरी भाग्न सक्छ त्यो पत्याउन स्थानीय तयार छैनन् । बन कार्यालयका प्रमुख जय मंगल प्रसादले घोरलले फलामको खोर भाचेर भागेको अर्थ डेलिलाई बताए । तर उनले कसरी घाइते जनावर भाग्न सक्छ भनेर प्रश्न गर्दा घोरल घाइते नभएको भन्दै घटनालाई मोड्न खोजेका थिए भने मारेर खाएको आरोप मात्र भएको बताएका थिए  ।

    96130040_285621862446129_6330327919340027904_n.jpg

    95776762_176959526861012_7335115950368227328_n.jpg

    95683826_562466218016935_7101849413164728320_n.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार