मंगलबार, भाद्र २ गते २०८३
images

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी


  • 1.9K
    SHARES
  • भाद्र २७, २०७८ आइतबार

    काठमाडौं : नेपाली  महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।

    खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी खेलाडीले मौकाको सदुपयोग गर्न सकेनन्।

    १९ औँ मिनेटमा अमृता जैसीले उत्कृष्ट प्रहार गरे पनि बंगलादेशी गोलकिपर रुपना चक्माले उत्कृष्ट बचाउ गरिन्। २० औँ मिनेटमा सरु लिम्बुले पोस्ट नजिकैबाट गरेको प्रहार बाहिरिएको थियो। त्यस्तै, श्रीमोती सरकारले ३१ औँ मिनेटमा गरेको कडा प्रहार पोस्टमा ठोकिएर बाहिरिएको थियो।

    दोस्रो हाफको शुरुबाटै आक्रमण बढाउन खोजे पनि फिनिसिङमा दुवै पक्ष कमजोर देखिए। ८१ औँ मिनेटमा प्रीति राइले गरेको प्रहार आकाशिएको थियो।

    ९१ औँ मिनेटमा मोस्साम्मत अखि खातुनले काउन्टरमा राम्रो अवसर बनाएको भए पनि नेपालकी कप्तान रेनुका उपरकोटीले उनलाई सफल हुन दिइनन्। ९४ औँ मिनेटमा सरु लिम्बुको प्रहार सिधै गोलकिपरको हातमा पुगेको थियो।

    यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई नेपालले २-१ गोलअन्तरले हराएको थियो। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ।

    नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो। दुवै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार