बुधबार, भाद्र ३ गते २०८३
images

एमएस बिलेट उत्पादनलाई प्रोत्साहन गर्दै सरकार, तत्काल रडको भाउ बढे पनि भविष्यमा सस्तिने


  • 4.3K
    SHARES
  • भाद्र २७, २०७८ आइतबार

    सरकारले रड बनाउन प्रयोग हुने एमएस बिलेट नेपालमै उत्पादन गर्न उद्योगीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको प्रतिस्थापन बजेटमार्फत नोपलमै एमएस बिलेट उत्पादनलाई प्रोत्साहत गर्ने नीति लिइएको हो । बजेटले बिलेट उत्पादनलाई निरुत्साहित गरेर स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउन यस्तो बिलेट आयातमा लाग्ने अन्तः शुल्क प्रतिमेट्रिक टन १६५० रुपैयाँबाट बढाएर २ हजार पाँच सय रुपैयाँ पुर्‍याएको छ । अर्कोतिर बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार महसुल शुन्यमा झारिएको छ ।

     

    बिलेट आयातलाई निरुत्साहन गरेर स्वदेशमै उत्पादन हुँदा रोजगारी पनि बढ्ने र आयातमा खर्च हुने रकम बच्ने अपेक्षा सरकारको छ । नेपालमा पेट्रोलियम पदार्थ तथा सवारी साधनपछि सबैभन्दा बढी आयात हुने वस्तुमा एमएस बिलेट पर्छ । गत आर्थिक वर्षमा नेपालले भारतबाट ७१ अर्ब रुपैयाँको एमएस बिलेट आयात गरेको थियो । बजेटमार्फत लिइएको नयाँ नीतिले ३० अर्ब रुपैयाँको आयात घट्ने आकलन सम्बन्धित उद्यमीले गरेका छन् ।

    अर्कोतिर नेपालमै बिलेट उद्योग सञ्चालन गर्दा बिजुली खपतको समस्या पनि टर्ने अपेक्षा गरिएको छ । माथिल्लो तामाकोसीबाट बिजुली उत्पादन सुरु भएपछि खपतको समस्या पनि देखिएको छ । रातको समयमा बिजुली खपत नहुँदा खेर गइरहेको छ । अबको केही वर्षमै एक हजार मेगावाटभन्दा बढी बिजुली थपिँदैछ । यस्तो अवस्थामा बिजुली खपत नबढाए खेर गएर नोक्सानी बेहोर्नुपर्ने देखिएको छ । नेपालमै बिलेट उत्पादनलाई प्रोत्साहन गर्दा त्यस्तो उद्योगले बिजुली खपत गरी खेर जाने समस्या समाधान हुने उद्यमी बताउँछन् । उनीहरुका अनुसार बिलेट उत्पादन गर्ने उद्योगले पाँच सय मेगावाटसम्म बिजुली खपत गर्छन् ।

    नेपालममै उत्पादन भएका बिलेट प्रयोग गरेर डन्डी बनाउँदा लागत पनि कम पर्न गई सस्तिने सम्भावना समेत रहेको आकलन गरिएको छ । शून्य भन्सारमा आयात भएको स्पन्ज आइरनबाट निर्मित बिलेट प्रयोग गरी डन्डी बनाउँदा स्वाभाविक रुपमा लागत कम हुन्छ । तत्काललाई भने नेपालका डन्डी उद्योगलाई आवश्यक पर्ने जति बिलेट उत्पादन क्षमता स्वदेशमा नहुँदा डन्डीको भाउ बढ्न सक्ने देखिएको छ । बिलेट आयातमा लाग्ने अन्तःशूल्क महसुल बढ्दा त्यसले डन्डीको मूल्य पनि बढाउने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार