चैत्र ८, काठमाण्डौं - राष्ट्रिय सभाकी सदस्य विमला राई पौड्यालले हिजो प्रधानमन्त्री दाहाल सहभागी तिनकुने स्थित एक कार्यक्रममा नाराबाजी गर्ने युवाहरुको मुख प्रहरीले थुनेको फोटो तथा भिडियोहरु सावजनिक भएकोमा टिप्पणी गर्नु भएको छ।
पौड्यालको प्रश्न छ, हिजो संचार जगत र सामाजिक संजालमा केही युवाहरू बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ति उनिहरुको मुख थुनीदिएको, घाँटी न्याकिरहेको र लछारपछार गरिरहेको तस्वीरहरु देख्न पाइएको छ। यो किन भएको हो? यी युवाहरु के बोल्न खोजीरहेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो?
नेपालको संविधानले स्वतन्त्रतापुर्वक विचार राख्न पाउने र बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको स्मरण गराइन। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन? येस्तो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन? म यो विषयमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउदै जवाफ पनि माग गर्न चाहन्छु।