मंगलबार, भाद्र २ गते २०८३
images

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिउँ: मन्त्री किराँती


  • 1.7K
    SHARES
  • बैशाख १५, २०८० शुक्रबार

    बैशाख १५, काठमाण्डौं - पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आज होटल पौवामा होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा बोल्दै रास्वपाका अध्यक्ष रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताउनु भएको छ। आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ताबारे आज निर्णय लिनसक्ने बताए पछी मन्त्री किँरातीको यस्तो अभिव्यक्ती आएको हो।

    मन्त्री किँरातीले भन्नु भयो जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएकाले जनमतको सम्मान गर्नकालागी अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। साथै वहाँको भनाई थियो त्यसको लागि मैले के त्याग गर्नुपर्छ म तयार छु। राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन अभिमत दिएका छन यो जनताको आक्रोस हो भन्दै यस्को मुख्य जिम्मेवार ठूला दलहरु नै भएको आरोप समेत लगाउनुभयो। राजनीतिको नाममा हामी धेरै विभाजित भयौँ अब सबै मिलेर यो देशलाई संकटबाट मुक्त गर्नका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने वहाँको भनाई थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार