सोमबार, भाद्र १ गते २०८३
images

रौतहटको गढीमाइमा बाटो बनाउने बिषयमा बिवाद हुँदा गोली चल्यो, एकको मृत्यु


  • 1.5K
    SHARES
  • बैशाख २, २०८० शनिबार

    बैशाख २, काठमाण्डौं -  रौतहटको गढीमाई नगरपालिका वडा नं-८, धोबिनियामा बाटोको विषयमा विवाद भई गोली चल्दा स्थानीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि वीरगंज रेफर गरिएको थियो। यादवको वीरगन्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने चार जना घाइतेहरुको उपचार भइरहेको छ।

    बाटो बनाउने क्रममा विवाद हुँदा रामइश्वर राय र राजकुमार यादव पक्षबीच झडप भएको थियो। विवाद बढेपछि राम इश्वर पक्षले लाइसेन्स भएको १२ बोरको बन्दुकबाट गोली चलाएको बुझिएको छ। कस्ले गोली चलाएको हो पहिचानका लागी जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ८ जनालाई बन्दुकसहित नियन्त्रणमा लिएको छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार