शनिबार, श्रावण ३० गते २०८३
images

उच्च स्तरिय ब्याक्तीबाट नै ठगी धन्दा


  • 1.4K
    SHARES
  • बैशाख २०, २०८० बुधबार

    बैशाख २०, काठमाडौं – नेपाली नागरिकलाई नै भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने कार्यमा ठगी गरेको पाईएपछी संलग्न भएका उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरिले पक्राउ गरेपछी आज तीनजना बिरुद्ध पक्राउ पुर्जी काटेको छ।

    जसमा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। 

    भुटानी शरणार्थीको कागजात बनाएर अमेरिका पठाइदिन्छौ भन्दै करोडौ रुपैयाँ ठगी गरेको भनी पीडितहरुले प्रहरीमा उजुरी दिएका आधारमा प्रहरीले केही समय अगाडिदेखि नै अनुसन्धान गरिरहेको थियो। अमेरिका जाने भन्दै पीडितहरुले दिएको रकम तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले समेत लिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    अमेरिका पठाइदिने भन्दै पैसा असुली गर्नेमा सरकारी उच्च तहका कर्मचारीहरुको गिरोह नै सक्रिय भएको प्रहरीको दाबी छ। उक्त गिरोहमा राजनीतिक दलका ठुला-ठुला नेताहरुकै साँठगाँठ भएको पनि सार्वजनिक भएको थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार