सोमबार, भाद्र १ गते २०८३
images

काठमाण्डौं महानगरले नेपाल प्रहरीलाई सीसीटिभी क्यामरा जडान गर्न ६ करोड रुपैयाँ दिने


  • 1.6K
    SHARES
  • बैशाख ८, २०८० शुक्रबार

    बैशाख ८, काठमाण्डौं - काठमाण्डौं महानगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान तथा सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। काठमाण्डौं सहरको महानगर भित्र शान्ति सुरक्षा, अपराधिक गतिबिधी र दुर्घटना जस्ता कृयाकलापहरुलाई सुचित तथा नजरअन्दाज गरी  व्यवस्थापन गर्न साथै सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सहजता प्रदान गर्नकालागी महानगरपालिकाले नेपाल प्रहरीलाई सो रकम उपलब्ध गराएको हो। उक्त कार्यकालागि काठमाण्डौं महानगरका प्रमुख बालेन्द्र शाह को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

    उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत १५ दिन भित्र र बाँकी ५० प्रतिशत रकम खरिद सम्झौता बमोजिमको कार्य सम्पादन भएपश्चात भुक्तानी गरिने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौता पश्चात काठमाण्डौं महानगरका प्रमुख बालेन्द्र शाहले सहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकारका विषयमा नेपाल प्रहरीसँग सधैं सहकार्य जारी रहने जनाउनु भयो। प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले महानगरसँग धेरै क्षेत्रमा सहकार्य गर्न सक्छ र महानगरपालिकाले प्रमुखमा युवा प्राप्त गरेपछि सुधारका काममा हामी पनि उत्साहित भएका छौ भन्दै प्रमुख शाहलाई धन्यवाद ज्ञापन गर्नुभयो। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार