सोमबार, भाद्र १ गते २०८३
images

बाबुरामको सत्ता माथि प्रचण्डको धावा, भन्छन – कम्युनिष्ट सरकारले मात्र काम गर्न सक्छ

  • 8.2K
    SHARES
  • भाद्र ३, २०७६ मंगलबार

    धनुषा – सत्तारुढ  दल नेपाल कम्युनिष्ट  पार्टीका अध्यक्ष प्रचण्डले पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पार्टि समाजबादी पार्टि नेपालले नेतृत्व गरेको प्रदेश सरकारसँग कैयौ प्रश्नहरु उठाएका छन् ।

    जनयुद्धका शहिद तथा तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको सम्झनामा सोमबार धनुषामा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार बढि जनताले झन् दु:ख पाएको सुन्दै आएको भन्दै  भने, ‘यो दुई नम्बर प्रदेशको सरकारले तपाईहरुका निम्ति के कति राम्रो काम ग¥यो ? यहाँ सुशासन सुरु भयो त ? विकासले गति लिन, भ्रष्टचार रोकिन थाल्यो त ? जनतालाई दुःख पर्दा सरकार तुरुन्तै आएर सहयोग गर्न थाल्यो त ? मैले बुझेसम्म त्यस्तो भएको छैन ।’

    बाढी, आगलागी र सीमा समस्याको दिर्घकालीन समाधान खोज्नुपर्ने भन्दै उनले भने, ‘जबसम्म मास्टर प्लानसहित चुरे संरक्षण हुँदैन, तबसम्म तराईको मरुभूमिकरणको स्थायी समाधान छैन ।’ पानीको समस्या समाधान गर्न जलाशय निर्माण गरेर जलाधार बनाउनुपर्ने, बाढी रोक्न सबै खोलानालामा जनता तटबन्ध योजना ल्याउनुपर्ने उनले सुनाए ।

    उनले जनता आवास कार्यक्रम ल्याएर झुपडीहरु हटाएर साना भएपनि पक्की घरमा रुपान्तरण गर्नुपर्ने बताए । हुलाकी, रेलमार्ग, द्रुतमार्ग, सुनकोसी कमला डाइभर्सन जस्ता ठुला परियोजनामार्फत तराईलाई सुरक्षित र समृद्ध बनाउनुपर्ने उनको धारणा थियो ।

    यो सबै गर्न कम्युनिस्ट पार्टीको सरकारले मात्र सक्ने उनको दाबी छ । मधेससँग आफ्नो लभ अझै नटुटेको भन्दै उनले भने, ‘हामीले सकेनौं भने अरु कोही आएर सम्भव छैन ।’
    नेकपा अध्यक्ष प्रचण्डले सरकार र पार्टीको नेतृत्व छिट्टै आउने र मधेस विकासको योजना अगाडि सार्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार