मंगलबार, भाद्र २ गते २०८३
images

वैदेशिक रोजगारीमा रहेकाहरु पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुने

  • 4.6K
    SHARES
  • माघ १६, २०७५ बुधबार

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेकालाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएको छ। सरकारले अध्ययन गरी प्रतिवेदन बुझाउन गठित एक कार्यदलले आगामी साउन १ गतेदेखि लागू गर्न सकिने गरी सरकारलाई सुझाव सहितको प्रतिवेदन बुझाएको हो ।

    श्रम मन्त्रीगोकर्ण विष्टलाई बुझाएको प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेकाव्यक्तिको सामाजिक सुरक्षाको प्रबन्ध मिलाउन र आन्तरिक पुँजी निर्माणमा सहयोग हुने उल्लेख गरिएको कार्यादलका संयोजक एवम श्रम सचिव महेश दाहालले बताए । मन्त्रालयमा प्रतिवेदन बुझ्दै श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै कानुनी प्रक्रियामिलाएर आगामी साउन १ गतेबाट कार्यक्रम लागू गर्न सकिने प्रतिवद्धता व्यक्त गरे ।

    योजनामा आवद्ध हुन व्यक्तिले वार्षिक न्यूनतम २४ हजारदेखि अधिकतम् ३ लाख रुपैयाँको सीमाभित्र रहेर सहभागी हुन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार