मंगलबार, भाद्र २ गते २०८३
images

शहीदकै योगदानले गणतन्त्र र संघीयताजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल : राष्ट्रपति भण्डारी

  • 2.9K
    SHARES
  • माघ १६, २०७५ बुधबार

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदकै योगदानले नेपालमा गणतन्त्र र संघीयताजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन्।

    शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले प्राप्त ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वाचित संस्था र सरकार कटिबद्ध रहेको उल्लेख गरेकी छन।

    राणाशासन विरुद्ध शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उनको भनाइ छ ।

    जारी सन्देशमा भनिएको छ, ‘सर्वप्रथम राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार