सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकास गरी स्वदेशमै युवा शक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने बताएका छन् । दश वर्षभित्र देशमा राजनीतिक अस्थिरताको अन्त्य हुने भन्दै उनले देश अब विकासको दिशामा लागेको बताए ।
सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयको वार्षिक उत्सव तथा भवन उद्घाटन सामारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारले बेरोजगार युवालाई रोजगारी दिने व्यवस्था गर्न लागेको समेत बताए ।