मंगलबार, भाद्र २ गते २०८३
images

ओली सरकारमाथि बिश्वासको संकट : भारतमा अरबौ सहयोग हुँदा नेपालमा किन गरेनन् ?

  • 4.2K
    SHARES
  • चैत्र २५, २०७६ मंगलबार

    अहिले बिश्व कोरोना भाइरस (कोभिड-१९ ) को महामरिसंग जुदीरहेको छ । करिब १४ लाख मानिस संक्रमित हुँदा ७५ हजार बढीले ज्यान गुमाइसकेका छन् भने अझ कत्तिले गुमाउने छन् । यो बिपत्तको घडीमा पुरा बिश्व नै पिडित छन् भने करिव ३ अर्व मानिसहरु होम क्वारेन्टाइनमा छन् । विश्वका अधिकांस देशहरुमा लक डाउन गरिएको छ भने कतिपय शहरमा यसको प्रभाव ज्यादा छ । यतिबेला सिंगो बिश्व आक्रान्त छ भने यसको प्रत्येक्ष असर नेपालमा समेत छ । तर कोरोना भाइरसको प्रभाव भने अहिलेसम्म खासै देखिएको छैन र साबधानी अपनाउनु एकदम राम्रो कुरा पनि हो ।

    छिमेकी मुलुक  भारतमा यतिबेला कोरोना भाइरससंग जुझ्न सर्वसाधारण,साना व्यापारीदेखि ठुला ब्यापारी ,कलाकार देखि खेलाडीसम्म तथा बिभिन्न पेशामा आबद्द हुनेहरुले ठुलो धनराशी सहयोग गरिरहँदा यता नेपालमा भने सरकारको गतिविधिको कारण सहयोग गर्न कसैले चासो देखाएको देखिंदैन । अझ भन्नुपर्दा ओली सरकार गठन भए देखि नै यो सरकारमाथि बिश्वासको संकट छ । यो सरकारमाथि प्रतिपक्षको मात्र होइन स्वयम् आफ्नै पार्टीको समेत बिस्वास गुमिसकेको छ । हालै  भारती प्रधानमन्त्रीसहित सांसदको तलबमा ३० प्रतिशत कटौती गरिएको छ ।  विश्वभर बनेको कोरोनाले भारतमा प्रकोपको रूप लिएरहेको बेला त्यहाँको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको छ भने उनीहरुको त्यो कटौटी गरिएको रकम कोरोना भाइरसविरुद्धको लडाइँमा खर्चिने छ ।

    भारतले सांसद तलब कटौती गर्ने प्रस्ताव पनि पारित गरेको छ र  यो निर्णय अप्रिल १ देखि लागू हुनेछ । उक्त प्रस्ताव पारित भएसँगै सांसदको १२ महिनाको तलब ३० प्रतिशत र भत्ता कटौती हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरले पनि आफ्नो इच्छाले तलबको ३० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेका छन् । सांसदलाई क्षेत्रीय विकासको लागि दिइँदै आएको कोष एमपीलेड फण्ड पनि दुई वर्षसम्मका लागि निलम्बित गरिएको छ । यो कोषको प्रयोग पनि कोरोना भाइरसविरुद्धको लडाइँमा प्रयोग हुनेछ । यता नेपालमा भने ओली सरकारको कमाउ धन्दा मौलाउदो छ भने जनता दिनप्रतिदिन पिडा माथि पिडा भोग्दैछन । नेकपाको बहुमत देशको लागि मात्र होइन अहिले स्वयम् नेकपालाई नै अभिशाप बनेको छ ।  देशमा नौ-नौ महिनामा सरकार परिवर्तनको पिडा भोगेका जनता देशमा सु-शासन,आर्थिक वृद्धि,भष्ट्राचारको अन्त्य र विकास चाहान्थे । त्यहि कारण नेकपालाई बहुमत दिएर पठाए ।  तर जनताले जुन सपना देखेर नेकपालाई झन्डै दुई तिहाइ मत दिलाए तर  यो सरकार अहिलेसम्म ठिक बिपरित काम गर्दै आइरहेको छ । सरकारमा माफिया र भष्ट्रहरुको बोलबोला चलिरहेको छ । जता हेरेपनि भष्ट्राचारको गन्ध बाहेक केहि आउदैन ।

    सिण्डिकेट काण्ड,फोर जी काण्ड ,वाइडबडी काण्ड , एति काण्ड होस् या सार्क खेलकुदको घोटाला काण्ड होस् यो सरकारको यस्ता त कति काण्ड छन् जुन सम्झन समेत सकिदैन । यति मात्रले उनीहरुलाई पुगेन बिश्व नै अहिले कोरोनाले रोइरहेको बेला यहाँ भने दशैँ नै आएको छ ।विपदको यस घडीमा समेत उनीहरुले लुट्न छाडेनन । सायद यहि कारण हुन् सक्छ यहाँ सरकारलाई सहयोग नगर्नुको कारण । आफुले गरेको सहयोग जनतामाझ पुग्ने बिश्वास नहुदा र यदि पुगेको खण्डमा पनि कति मात्रा पुग्ने  हो जानकारी समेत नपाउने हुँदा यहाँ चाहेर पनि कोहि सहयोग गर्न नसकेको समेत हुन् सक्छ । अघिपछि १ बोरा चामल होस् या १ किलो चिउरा र दाल दिएको होस् त्यो प्रचार गर्न दिएको सामग्री भन्दा दशौ गुणा महँगो खर्चेर सामाजिक संजालमा भाइरल हुने होस् या चुनाबको मुखमा करोड खर्चेर मदिरा पार्टी गर्ने होस् ति सबै अहिले गुमनाम छन् । जनताको नाम भजाएर कमाउन पल्केका एनजीओ होस् या देशको सूचना लिन बिभिन्न माध्यमबाट आएको आइएनजिओ होस् ति सबै अहिले तिब्र खोजीमा छन् ।

    पैसाको लागि जे पनि गर्न तयार निजी  अस्पतालको परिक्षा पनि अहिले यो दुखद घडीमा आम नेपालीले लिने मौका पाएका छन् । प्रधानमन्त्रीको सम्बोधनमा भारतमा जे गरियो त्यसरी नै नेपालमा हुन्छ कि भन्ने आम नेपालीमा आशा थियो तर  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा आवश्यकता भन्दा बाहिर गई सम्बोधन गरे भने आउने दुई साता नेपालीका लागि थप चुनौतिपूर्ण हुने भएकाले थप सचेत रहन चेतावनी दिए । मगंलबार राष्ट्रका नाममा संबोधन गर्नेक्रममा उनले समुदायस्तर मै गएर सरकारको टिमले कोरोना भाइरसको पुष्टीका लागि नमूना सकंलन र परीक्षण शुरु गरेकाले आगामी दुई साता चुनौतिपूर्ण हुने चेतावनी दिएका थिए। उनले कोरोना भाइरस कता कता पुगेको छ भन्नेबारे पहिचान गर्न नयाँ विधि अपनाउन लागेको र आगामी दुई साता हाम्रा लागि निकै चुनौतिपूर्ण रहेकोले  नयाँ संक्रमण देखिने सम्भावना रहन्छ र  नयाँ विधिबाट यसको खोजी सुरु भएको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार