आईएमई जनरल इन्स्योरेन्स लि. ले आज फागुन २२ गतेदेखि हकप्रद शेयर बिक्रिकोलागी खुला गरेको छ । उस्ले ४० प्रतिशत अर्थात १०:४ को अनुपातमा हकप्रद शेयर जारि गरेको हो।
कम्पनीले ४६ लाख ३० हजार ३ सय ४४ कित्ता, ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको हो साथै फागुन १ गतेबाट बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा माघ २८ गतेसम्म कायम शेयरधनीले चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन्।
आईएमई जनरल इन्स्योरेन्स लि. ले भदौ १७ गते हकप्रद निष्काशनको लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते अनुमति दिएको थियो । हकप्रद शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई चयन गरेको छ ।