शनिबार, श्रावण ३० गते २०८३
images

बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन


  • 4.3K
    SHARES
  • भाद्र २६, २०७८ शनिबार

    काठमाडौं, २६ भदौ 

    बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो ।

    राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए । नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा रहेका उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार