काठमाडौं, १० असोज । राजनीतिक दलसम्बन्धी अध्यादेश एकरदुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता साझेदार दलहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस विषयमा सहमति भएको हो । जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवका अनुसार शीर्ष नेताहरुले भोलिसम्ममा सबै विषय टुंगो लगाउने सहमति भएको छ । ‘मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा अब ढिलो गर्न नहुने भन्ने सहमति भएको छ,’ उनले भने ।
मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंगोमा पुर्याएर सरकारको कामलाई गति दिने विषयमा नेताहरू सहमत उनको भनाई छ । भोलि वा पर्सिमा मन्त्रिपरिषद् बैठक बसेर अध्यादेश फिर्ता हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने उनले बताएका छन ।