सोमबार, भाद्र १ गते २०८३
images

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगमाथि संसदमा छलफल हुने


  • 2.7K
    SHARES
  • फाल्गुण २७, २०७८ शुक्रबार

    भोलि प्रतिनिधिसभाको बैठक बस्दै छ । राणाविरुद्धको महाअभियोगको कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । सभामुखले भोलिको बस्ने बैठकमा छलफल गरी समय प्रस्ताव गर्ने छन र त्यसमाथि निर्णय भएपछि संसदमा छलफल सुरु हुने छ । यसअघिको बैठकमा महाअभियोग लगाइएका प्रधानन्यायधिस राणामाथि छानविन गरि सिफारिस गर्न ११ सदस्यीय सिफारिस समितिको गठन भएको थियो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, काँग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एस  ) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले रातारात हस्ताक्षर गराएका थिए ।

    एमाले अध्यक्ष ओलीले भने परमादेश जारी गराउने सबै न्यायधिसलाई महाअभियोग लगाएमा मात्र साथ दिने बताउदै आएका छन। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार