काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्ने निष्कर्शमा दलहरूबीच अहिलेसम्म पनी सहमति जुट्न सकेको छैन। आजको माओवादी अध्यक्ष प्रचण्ड र काङ्रेस सभापति देउवा बिच सहमती जुट्न सकेन । लगत्तै काङ्रेस सभापति देउवाले आफ्ना ८९ जना सभासदहरुलाई सरकारका लागि निर्णय गरी निष्कर्शमा पुग्न बालुवाटारमा बैठक बोलाएका छन ।
सरकार बनाउनका लागी पार्टिहरुसँग ३ वटा बिकल्प मात्र छन । पहिलो गठबन्धन, दोस्रो एमाले काङ्रेस र तेस्रो बाम गठबन्धन । हालको गठाबन्धनको सरकार बन्न नसकेको खन्डमा एमाले काङ्रेसको सरकार बन्ने सम्भावना कमै देखिएको एक एमाले नेताले बताए । यसरी हेर्दा बामगठबन्धनको सरकार बन्ने प्रबल सम्भावना देखिन्छ । गठबन्धन तोडेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न एमाले तयार रहेको महासचिव शंकर पोखरेलले वताइ सकेका छन । सरकार गठनका सबै विकल्पमा छलफल गर्न एमाले तयार रहेको पनि बताएका थिए ।
कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्विकार नगरेको खण्डमा बाम गठबन्धनको सरकार बन्ने प्रवल सम्भावना रहेको देखिन्छ । त्यसका लागि एमाले र माओवादी नेताहरूबीच निरन्तर छलफल भइरहेका छन् । माओवादी केन्द्रका, अर्का नेता वर्षमान पुनले चिनियाँ कार्यवाहक राजदूतसँग शुक्रबार भेटघाट गरेका छन् । चीनमा उपचार गरेर फर्केका पुन चीनमा छँदा पनि उच्चस्तरीय राजनैतिक भेटघाट गरेर फर्केका थिए। माओवादी नेता पुनले पछिल्ला दिनमा एमालेका शीर्ष नेतृत्वसँग पनि भेटघाट तिब्र बनाउदै लागेका छन ।