पौष १३, काठमाडौं । प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा क्याम्पस इकाईका अनेरास्ववियुका दुई समूहबीच झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।
झडपमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरका बीचमा झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।