काठमाडौं- सर्वोच्च अदालतको शुक्रबारको फैसलाबाट मन्त्री, सांसद र पार्टी सभापति पद गुमाएका रवि लामिछानेले पुर्नप्राप्ति मार्फत नागरिकता लिएर पुन: निर्वाचनमा उम्मेदवार बन्न सक्ने छन् । हाल निर्वाचन आयोगले पनि मतदाता नामावलीमा नयाँ नाम दर्ता गराउनको लागि अनलाइन आबेदन खुल्ला गरेकाले लामिछानेले बिधिवतरुपमा उप-निर्वाचनमा पुन: उम्मेदवारी दर्ता गर्न सक्ने छन ।
लामिछानेले अमेरिकाको नागरिकता त्यागिसकेको र त्यसको निस्सा पनि पाइसकेका छन तर अमेरिकी नागरिकता त्यागेको त्यो निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाएकाले उनले नयाँ प्रतिलिपी नागरिकता नपाएको देखिएको हो । जिल्ला प्रशासन कार्यालयका एक प्रमुखका अनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र निर्देशनात्मक आदेश नभएकोले प्रक्रिया पुर्याएर लामिछानेलाई नागरिकताको प्रतिलिपी जारी गर्न सकिन्छ ।
प्रकृयागत रुपमा नागरिकता प्राप्त गरी उमेद्ववारी दिएर बिजयी भई रास्वपाको सभापति भएमा र गठबन्धन सरकारमा कुनै अर्को समिकरण नभएमा पुन: पद बहाली हुन सक्ने देखिन्छ ।