सोमबार, भाद्र १ गते २०८३
images

'एमाले परमादेसको बाटोबाट होइन जनादेशको बाटोमा जान्छ': महासचिव शंकर पोख्रेल


  • 1.9K
    SHARES
  • चैत्र ५, २०७८ शनिबार

    महासचिव शंकर पोख्रेलले पाँच दलको गठवन्धनले नपुगे अरु सवै दल जोडेर आए पनि चुनावमा एमाले एक्लै लड्ने वताए । जति धेरै पार्टी देशमा रहन्छ, त्यति नै अस्थिरता र बैदेशिक हस्तक्षेप भईरहने बढ्ने हुदा एमालेलाई जनमत दिदा अरु दलहरु आफै हराएर जान औल्याए ।

    एमाले केन्द्र र प्रदेश दुबै सरकारबाट हटेता पनि जनताका मनवाट नहटेको बताए । सुखी जनता समृद्ध नेपालको नाराले अव एमालेलाई कसैले रोक्न नसक्ने, काँग्रेसले जिते देश पूजिवाद तर्फ र एमालेले जिते समाजवाद तर्फ जाने हुदा देशको हित चिताउनु हुन्छ भने एमालेमा आउन आग्रह गर्दै नेकपा (एमाले) संम्पर्क समन्वय कमिटीद्धारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमा वताएका हुन ।



    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार