शनिबार, श्रावण ३० गते २०८३
images

प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो कार्यकालको मन्त्री परिषदको पहिलो बैठक: के के भयो निर्णय


  • 1.4K
    SHARES
  • पौष ११, २०७९ सोमबार

    पौष ११, काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपती बाट सपथ ग्रहण गरे लगत्तै सात जना मन्त्रीहरु नियुक्त गरेका छन । जसमा बिष्णु पौडेल उप-प्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठ उप-प्रधान तथा भौतिक पुर्वाधार रबी लामिछने उप-प्रधान तथा गृह र ज्वाला कुमारी शाह, दामोदर भण्डारी, राजेन्द्रकुमार राइ, अब्दुल खान मन्त्रीमा नियुक्त भएका छन । आज बसेको पहिलो मन्त्री परिषद बैठकले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न सरकारी कार्यालयहरुमा सेवामा सुधार गर्ने निर्णय गरेको छ । जस अन्तरगत राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।

    राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न र लाइसेन्स दिने कार्यालयमा पनि भीड हुने अवस्थाको अन्त्य गर्ने निर्णय भएको छ ।  साथै मन्त्रिपरिषद बैठकले अर्थतन्त्रमा देखिएको समस्या सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनताले परिवर्तनको अनुभूति गर्ने गरी सेवामा सुधार गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार