आज आइतबार दिउसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदिय दलको सयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री समक्ष्य राजीनामा बुझाएका छन् । साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।
रास्वपाबाट सरकारमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन्।