फाल्गुन ११, काठमाण्डौं – सरकारले शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खुल्ला राख्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। झिनामसिना कुराहरुमा र अनावश्यक धेरै सार्वजनिक बिदा दिएको भन्दै जनमानसबाट ब्यापक आलोचना हुन थालेपछि सरकारले शनिबारबाहेकका सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी तथा बित्तिय कार्यालयहरु खोल्ने निर्णय गरेको हो।
जस अन्तर्गत शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक र प्रहरी कार्यालयहरु खुला राख्ने निर्णय गरेको हो। सरकारले गत महिना पोखरामा यती एयरलाइन्स दुर्घटना हुँदा तथा कथित जनयुद्धको नाममा जनयुद्ध दिवस भन्दै फाल्गुन १ गते सार्वजनिक बिदा दिएको थियो ।