मंगलबार, भाद्र २ गते २०८३
images

मिटरब्याज पीडितहरुको प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल: के होला त समाधान?


  • 785
    SHARES
  • चैत्र १८, २०७९ शनिबार

    चैत्र १८, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताउनुभएको छ। आज बालुवाटारमा मिटरब्याज पीडितहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सामन्तवादको अवशेषका रूपमा रहेको मीटरब्याजलाई सधैंका लागि अन्त्य गर्न सरकार गम्भीर रुपमा अगाडि बढेको बताउनुभयो। प्रधानमन्त्री सँग छलफल गर्न पुगेका मिटरब्याज पीडितहरु छलफलका क्रममा भक्कानिदै आँसु पुछ्दै प्रधानमन्त्रीसँग आफ्ना सम्स्या सुनाएका थिए। प्रधानमन्त्री प्रचन्डलाई भेट्न तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाबाट लगभग सय मिटरब्याज पीडितहरु ११ दिन पैदलनै हिंडेर राजधानी गत हप्ता आएका हुन। 

    पीडितहरुले सरकारी वार्ता टोलीसँग पटक-पटक गरिएको सहमति कार्यान्वयन हुन नसकेको बताउँदै यस पटक माग पूरा नगरि नफर्कने प्रधानमन्त्रीसँग स्पष्ट परेका छन। पीडितहरुका अनुसार गाँउमा सबैजसो पीडित रहेका र हामी तिनिहरुको प्रतिनिधि मात्र भएको जनाएका थिए।

    उनिहरुको माग सुदखोरहरूको सम्पत्ति छानबिन गर्नुपर्ने, साहुले हडपेको जग्गा फिर्ता गर्नुपर्ने, पिडकमाथि सहजै मुद्धा दर्ता गर्न पाउनुपर्ने, हामीहरुलाई अदालतले जारी गरेको पक्राउपुर्जी समस्याको हल नभएसम्म रोक्नुपर्ने, नक्कली तमसुकको आधारमा जेल चलाउन भएका पीडितहरूलाई क्षतिपूर्तिसहित स-सम्मान रिहा गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने, पीडतहरूको पक्षमा कानुन निर्माण गर्नुपर्ने रहेको बताएका छन।   

    पीडितहरुको समस्या सुनेपछी भावुकहुँदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधान गर्ने आश्वासन दिएका छन्। उनले कानुन बनाएर दीर्घकालीन समस्या समाधान गर्न आँफै गम्भीर रहेको धारणा राख्नुभएको थियो। अबपनि यो समस्या समाधान गर्न नसके यस्ले गम्भीर रूप लिने वहाँले बताउनु भयो। पीडितहरु पैदल राजधानीसम्म आउँदा मिटरब्याज समस्या राष्ट्रियरुपमा मात्र नभएर अन्तर्राष्ट्रियरूपमा समेत सबैले थाहा पाए यस्कालागी तपाईंहरूलाई धन्यवाद छ प्रधानमन्त्रीको भनाइ थियो। 

    के यो समस्या हल होला त?
    मिटरब्याज प्राय: मधेस प्रदेशमा ब्यापक रुपमा देखिएको छ भने यो समस्यामा प्रदेश सरकार दर्शक मात्र नभएर निरिहनै बनेको देखिन्छ। एक पीडितका अनुसार "छोरीको बिहाको लागि लिएको २ लाखरुपैयाँको १२ लाख बुझाई सक्दा पनि 'तमासुक' फिर्ता नदिएर धम्क्याउने, डर देखाउने , पैसा लिएको भर्पाई नगर्ने नदिने" जस्ता कार्यबाट आहत भएर आन्दोलन गर्न आएको बताइन। 

    पैसा, पावर र पहुचको आडमा गरीब निमुखा र ति निरक्षर सोझा जनतामाथी गरिएको अपराधलाई संघिय सरकार त्यसमाथी सर्वहाराका लागि क्रान्ति गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी समाधान गर्नुहुन्छ त्यो त हेर्न बाँकी नै छ किनभने गठबन्धन सरकार त्यसमा पनि तराइको समस्या भएकोले आश्वासन दिएजस्तो सहज भने देखिदैन। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार