१८ चैत, काठमाण्डौं - आज शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ र तनहुँ १ को उम्मेदवारको टुङ्गो लगाएको छ। सर्वेन्द्र खनाललाई तनहुँ १ बाट र रामप्रसाद न्यौपानेलाई चितनव २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो। बारा-२ का लागि भने उम्मेदवार टुङ्गो लगाउन सकेन।
बारा-२ को भने थप छलफल गरेर आइतबार निर्णय गर्ने बुझिएको छ। चितवन २ मा राम प्रसाद न्यौपानेलाई चितवन जिल्ला कमिटिले सिफारिस गरेको थियो भने तनहुँँ १ मा पुराना उमेद्वारहरुले उपचुनावमा नउठ्ने भनेपछी पुर्व महानिरिक्षक सर्भेन्द्र खनालले नेकपा एमाले तनहुँ जिल्लामा निबेदन दिएकाले सहज भएको हो। खनाल गत मंसिर ४ गतेको चुनावमा कथामाण्डौं ६ बाट रास्वपाका शिशिर खनालसँग पराजित उमेद्वार हुन। उनी एमाले अध्यक्ष्य ओलीका विश्वासिला पात्र मध्येमा पर्छन।