मंगलबार, भाद्र २ गते २०८३
images

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल बिच छलफल: टोपबहादुरलाई फसाउन खोजीएको आरोप


  • 855
    SHARES
  • बैशाख २१, २०८० बिहीबार

    बैशाख २१, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेटी एमालेका पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझीलाई षडयन्त्रगरी समाउन खोजिएको आरोप लगाउनु भएको छ। वहाँले रहस्यपूर्ण तरिकाले बाटोमा हिँड्दा हिँड्दै समाउन खोजिएको टिप्पणी समेत गर्नुभयो।

    वहाँले संसद रायमाझीको विषयमा नेकपा एमालेले अध्ययन गरिरहेको पनि बताउनु भएको छ। वहाँले भन्नुभयो रायमाझीलाई तानिएको हो कि तनाइएको हो हामी अध्ययन गर्दैछौं। निर्दोष पर्न हुँदैन र दोषी उम्कनु हुदैंन। निर्दोषलाई फसाउन खोजिए हामी सहदैनौं। वहाँले प्रधानमन्त्री प्रचण्डको यसबारेमा ध्यानकर्षण गराएको पनि जनाउनु भयो। अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग सिंहदरवारमा भेटघाट गरी बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा यस्तो बताउनु भएको हो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार