जेष्ठ २, काठमाण्डौं - टिकापुर घटनाका मुख्य दोषी मानिएका रेशम चौधरीलाई सर्बोच्च अदालतले उच्च अदालत दिपायलको जन्मकैदको फैसलालाई नै सदर गरेको छ। हाल डिल्लीबजार कारागारमा रहेका चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय भुत्तान गर्नुपर्नेछ। सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने फैसला गरेको हो।
रेशम चौधरी २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालक हत्या सहित हिंसात्मक घटनाका आरोपित हुन।