जेष्ट २, काठमाण्डौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले खर्च कटौतीमा निर्मम हुनुपर्ने बताउनु भएको छ। आज प्रतिनिधि सभाको अर्थ समितिको पहिलो बैठकमा बोल्दै वहाँले यस्तो बताउनु भएको हो। वहाँले वर्तमानको अर्थतन्त्रको सूचाङ्कहरुले भोलिको भविष्य राम्रो नभएको र संवेदनशील अवस्थामा रहेको बताउनु भएको हो।
नयाँ सरकार बनेपछिको मुलुकको आर्थिक वृद्धिदर घट्दै गएको तथा वर्तमान अवस्थामा आम्दानी भन्दा बढी खर्च रहेको जनाउनु भयो। सरकारले गर्ने खर्च कटौतीका विषयमा अर्थ समितिलाई जानकारी दिनको लागि अर्थमन्त्रीलाई उपस्थित गराउन समेत वहाँको माग थियो। वहाँले सरकारसँग सांसदहरूले खर्च कटौतीका विषयमा जानकारी मागे पनि अहिलेसम्म नदिएको बताउनु भयो।