जेष्ठ १३, काठमाडौं - प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवं २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले भरष्टाचारबिरुद्ध हाम फालेको बताउनु भएको हो। जनयुद्धमा ज्यान फालेर हाम फालेजस्तै अहिले भ्रष्टाचारबिरुद्ध हाम फालेको वहाँले जनाउनु भएको हो। कुन बेला हामीलाई बिरोधीले एम्बुसमा पार्ने हो थाहा छैन भन्नु भयो तर बिरोधी को हो त्यो चाँही बताउनु भएन।
वहाँले जनयुद्धको बेलामा बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेको र आज पनि त्यही संकल्पका साथ अघि बढीरहेको र जनयुद्धमा जसरी जनताले साथ दिए भ्रष्टाचार र वेथिति विरुद्धको आन्दोलनमा १० वर्षे जनयुद्धमा लाखौं जनताको साथ पाएका थियौं, त्यसरिनै अब पनि हामी साथ पाउनेछौं र जनताले साथ दिने वहाँले दाबी गर्नुभयो। सुशासन र समृद्धि नै हाम्रो प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रा माझ भएको हुँदा जनता र शहिदका सपना पुरा गर्नका लागि अन्तिम लडाँई लड्नै पर्ने आएको वहाँँको भनाइ थियो।