बुधबार, भाद्र ३ गते २०८३
images

नेप्सेमा भारी गिरावट : आत्तिए लगानिकर्ताहरु ।


  • 1.5K
    SHARES
  • मंसिर १२, २०७८ आइतबार

         शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार आज नेप्सेमा भारी गिरावट आएको छ। नेपाल रास्ट्र बैंक ले मौद्रिक नितिको पहिलो समिक्षा गरेपछी खुलेको नेप्से पहिलो दिनमै भारी मात्रामा घटेपछी लगानिकर्ताहरु मौद्रिक नितिप्रती बिश्वस्त हुन नसकेको बुझिएको छ। विशेषगरि रास्ट्र बैंक ले यसअघि ल्याएको शेयर कर्जा सम्बन्धी ४ करोड र १२ करोड सिमाको नीति र सिडि रेसियो ९०% कायम राख्नुपर्ने नितिका कारण बजार निरन्तर प्रभावित हुँदै आएको छ। आज ८०.२९ अङ्कले घटेर बजार २६५१.४९ बिन्दुमा आईपुगेको छ। कारोबार भएका सबै उपसमुहहरु घटेको आजको बजारमा बिकास बैंक समुहमा सर्वाधिक ५. ११ % ले गिरावट आएको छ भने होटल तथा पर्यटन समुहमा ४.३२ % तथा हाईड्रोमा ४.२१ % ले गिरावट आएको छ। समग्र नेप्सेमा ठुलो गिरावट आएपनी कारोबार रकम भने बिहिबारको भन्दा बढेको छ। आज बजारमा करिब  ५ अर्ब ८३ करोड बराबरको कारोबार भएको छ।
    शेयर बजारका बिश्लेशक तथा ठुला लगानिकर्ताहरु भने बजारमा यसरी घट्नुको कुनै कारण नभएको बताउछन। उनिहरु बुलिस बजार अझै धेरै समय कायम रहने हुदा आत्तिएर आफ्नो शेयर बिक्री नगर्न आग्रह गरि रहेका छन।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार