समिट लघुबित्त बित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ का लागि आफ्ना शेयरधनिहरुलाई लाभांश घोषणा गरेको छ। सोमबार बसेको संचालक समितिको बैठकले २५.२८५% बोनस शेयर घोषणा गरेको हो। बोनस शेयर प्राप्त गर्न शेयरधनिहरुले करको रकम भने आफै तिर्नुपर्नेछ। समिटले सजिलो लघुबित्तसङ मर्जर पश्चात यहि २०७७ असोज ६ बाट एकीकृत कारोबार सुरु गरेको थियो। कम्पनिले प्रस्ताव गरेको लाभांश रास्ट्र बैंक को स्वीकृती पस्चात संचालक समितिले पारीत गरेपछी शेयरधनिहरुलाई बितरण गरिनेछ।