बुधबार, भाद्र ३ गते २०८३
images

नेप्सेमा सामान्य गिरावट : कारोबार रकम पनि घट्यो।


  • 1.6K
    SHARES
  • मंसिर १४, २०७८ मंगलबार

    साताको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा सामान्य गिरावट आएको छ। लगातार ठुलो अङ्कले घट्दै आएको बजार आज पनि १.६४ अङ्कले घटेर २६२८.३७ बिन्दुमा आईपुगेको हो। मौद्रिक नितिको पहिलो समिक्षासङै निरन्तर दबाबमा रहेको नेप्से मा आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा करिब ३ अर्ब ९ करोड बराबरको कारोबार भएको छ। आज बिकाश बैंक , बित्त , हाईड्रो, म्युचुअल फण्ड तथा अन्य उपसमुहहरु उकालो लागेका छन भने बैंकिङ, होटल तथा पर्यटन , लगानी, लाईफ तथा ननलाईफ इन्स्योरेन्स , उत्पादन , लघुबित्त तथा ब्यापार उपसमुह भने ओरालो लागेका छन। बजारका जानकार तथा बिश्लेशकहरु भने बजारले धेरै नकारात्मक हल्ला तथा समाचारहरु पचाईसकेकाले अब नेप्से बिस्तारै बढ्ने दाबी गर्दछन। साथै बुलिस बजार अझै धेरै समय कायम रहने हुदा राम्रा कम्पनिहरु किन्ने अवसरको रुपमा लिन आग्रह गरेका छन। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार