मंसिर १३ महालक्ष्मी बिकाश बैंक (MLBL) आर्थिक बर्ष २०७७/०७८ को लागि आफ्ना शेयरधनिहरुलाई आकर्षक लाभांश घोषणा गरेको छ। बैंकले २०% बोनस शेयर र करप्रयोजनका लागि १.०५२६% नगद लाभांश गरि कुल २१.०५२६% लाभांश घोषणा गरेको हो। यो बिकाश बैंक हरुले हालसम्म घोषणा गरे मध्ये सबैभन्दा बढी लाभांश हो। बैंकले घोषणा गरेको लाभांश रास्ट्रबैंकले स्वीकृति प्रदान गरेपछी संचालक समिति द्वारा पारित गरेपस्चात शेयरधनिहरुलाई बितरण गर्नेछ।