बुधबार, भाद्र ३ गते २०८३
images

शेयरबजारमा निरन्तर पहिरो : ७२.३० अङ्कले घट्यो नेप्से।


  • 1.5K
    SHARES
  • मंसिर १९, २०७८ आइतबार

    काठमाडौ , मौद्रिक नितिको पहिलो समिक्षा पश्चात निरन्तर घटेको नेप्से कारोबार हुने साताको पहिलो दिन आईतवार उच्च अङ्कले घटेको छ। आज बजार ७२.३० अङ्कले घटेर २५१३.८७ बिन्दुमा आईपुगेको छ। लगानिकर्ताहरु आत्तिएर सस्तो मुल्यमा शेयर बेचेर बजारबाट बाहिरिन थालेपछी शेयर बजार निरन्तर दबाबमा आएको छ। आज बजारमा करिब ४ अर्ब ९ करोड बराबरको कारोबार भएको छ। भने कारोबार भएका सबै उपसुचकहरु उच्च अङ्कले घटेका छन। 
    मौद्रिक नितिको पहिलो समिक्षा आशा गरेअनुरुप नआउनु, बजारमा तरलताको अभाब, ब्याजदर बढनु, नियमन निकायहरु गैरजिम्मेवार भई मुकदर्शक भएर बस्नु, हल्लाको पछि लागेर लगानी गर्ने लगानिकर्ताहरु प्यानिक हुँदा बजार सम्हालिन नसकेको एक बिश्लेशक बताउछन। त्यसो त बुलिश बजार नसकिएको र आत्तिएर आफ्नो शेयर सस्तोमा नबेच्न बजारका सक्रिय लगानिकर्ता तथा बिश्लेसकले आग्रह गरिरहेका छन। बजारमा आएको अस्वभाविक घटाईप्रती सरकार र रास्ट्र बैंक मुकदर्शक बनेको भन्दै ठुला लगानिकर्ताहरुमध्येका एक दीपेन्द्र अग्रवालले सामाजिक संजालमा आक्रोश पोखेका छन । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार