जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ का लागि आफ्ना शेयरधनिहरुलाई लाभांश घोषणा गरेको छ। आईतबार बसेको संचालक समितिको बैठकले २५% बोनस शेयर र करप्रयोजनका लागि १.३२५७% गरि कुल २६.३२५७% लाभांश घोषणा गरेको हो। कम्पनिले प्रस्ताव गरेको लाभांश रास्ट्र बैंक को स्वीकृती पस्चात संचालक समितिले पारीत गरेपछी शेयरधनिहरुलाई बितरण गर्नेछ ।