प्राईम कमर्सियल बैंक लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनिले यहि पुष ६ गते गर्ने साधारणसभा लाई लक्षित गर्दै भोलि मंसिर २२ बुधबार बुकक्लोज गर्ने निर्णय गरेको छ। कम्पनिले ले आर्थिक बर्ष २०७७/०७८ को लागि बितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई १६ % बोनस शेयर र करप्रयोजनका लागि ०.६३% नगद लाभांश गरि कुल १६.६३% लाभांश घोषणा गरेको थियो। कम्पनीको साधारणसभा यहि पुष ६ गते कम्पनी को केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौमा हुनेछ।