बुधबार, भाद्र ३ गते २०८३
images

शेयर बजारमा पहिरो : थामिएन नेप्से।


  • 2.3K
    SHARES
  • मंसिर २१, २०७८ मंगलबार
    काठमाडौ , शेयर कारोबार हुने साताको तेस्रो दिन मंगलबार आज नेप्सेमा तिब्र गिरावट आएको छ। आज नेप्से ३७.१८ अङ्कले घटेर २५०८.९ बिन्दुमा आईपुगेको छ। तिब्र उतारचढावका बिच आज बजार ओरालो लागेको हो। हिजो एकबर्षको न्युनतम बिन्दुलाई छोएर बढेको नेप्सेले गति लिने बिश्वास लगानिकर्ताहरुले लिए पनि आज बजार ओरालो लागेको हो। बजार बढ्ने आशामा सस्तो मुल्यमा शेयर बेच्न नखोज्दा आज कारोबार रकम समेत घटेको छ। आज करिब ३ अर्ब १३ करोड बराबरको कारोबार भएको छ। आज बजारमा म्युचुअल फन्ड र ब्यापार उपसमुह बाहेक सबै उपसमुह हरु घटेका छन।
    यसिबिच निरन्तर घटेको नेप्से , यस्को कारण र समाधान को उपायबारे संसदको आर्थिक समितिले सम्बन्धि सरोकारवाला निकायसङ छलफल गरि आवश्यक निर्देशन दिने तयारी गरेको छ। जस्का लागि बिहिवार रास्ट्रबैंक तथा अर्थ मन्त्रालयका उच्च अधिकारिलाई छलफलमा बोलाउने तयारी गरेको छ। अर्कोतर्फ लगानिकर्ताको सम्पती सुरक्षा गर्नको लागि सरकार र नियमनकारी निकायलाई दबाब दिन भन्दै सोमबार अम्बिका प्रसाद पौडेलको अध्यक्षता मा सबै लगानिकर्ता संघ र संगठनहरुलाई समेटेर दबाब समूह पनि गठन गरिएको छ।
     
     
     
     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार