काठमाडौ , शेयर बजार कारोबार हुने साताको चौथो दिन बुधबार आज पनि नेप्सेमा उच्च गिरावट आएको छ। आज नेप्से ५३.०९ अङ्कले घटेर २४५५.८२ बिन्दुमा आईपुगेको छ। क बर्गका कम्पनी हरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.३३ अङकले घटेर ४६४.८२ बिन्दुमा आइपुगेको छ। कारोबार भएका सबै उपसमुह हरु ओरालो लागेको आज बिकाश बैंक , हाईड्रो पावर तथा बित्त उपसमूह ठुलो अङ्कसहित ओरालो लागेका छन। आज बजारमा कारोबार रकम समेत घटेको छ। आज करिब २ अर्ब ६६ करोड बराबर को कारोबार भएको छ। नेप्सेमा आएको तिब्र एबम अप्राकृतिक घटाईप्रती लगानिकर्ताहरु चिन्तित देखिन थालेका छन। बजारमा यति अस्तब्यस्तता देखिँदा पनि सरोकारबाला र नियामक निकायहरुको मौनता प्रती समग्र लगानिकर्ताहरु आक्रोशित देखिन थालेका छन। केही लगानिकर्ताहरुले शेयरबजार अस्तब्यस्त बनाउने पार्टी र सरकारलाई नो भोट अभियान समेत चलाउन थालेका छन।